भोजपुरमा कति संकलन भयो मतदाता नामावली ?


 


भाेजपुर, माघ १७

फोटो सहितको मतादाता नामावली संकलनमा भोजपुरका २ हजार ३ जना मतदाताले हालसम्म नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्धारण गरेको पचहत्तर दर्ता स्थलमा नाम दर्ता गराएका मध्ये ७ सय ९७ महिला र १२ सय ३ पुरुषले नाम दर्ता गराएको निर्वाचन कार्यलयका सूचना अधिकारी दिव्यश्वरी जोशीले बताउनुभयो ।

मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ५ बमोजिम मतदाता हुन योग्यता पुगेका व्यक्तिको फोटो सहितको नामावली समाबेश गर्ने, नाम हटाउने, सार्ने र संकलन भएको नामावलीमा भएको त्रुटी सच्याउने लगायतको कार्य भइरहेको कार्यालयले जनाएको छ ।

नामावली सङ्कलन र अध्यावधिकका लागि निर्वाचन कार्यालयले छ वटा टोलीलाई परिचालन गरेको छ । गत पुस १० गतेदेखि यहि माघ १९ गते सम्म नामावली सङ्कलन तथा अध्यावधिकको कार्य गरिने छ ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्