भोजपुरका आगलागी पीडितलार्इ बेलायत समाजको सहयोग



भाेजपुर, माघ १७

भूतपूर्व बेलायती सेनाहरुको सँस्था भोजपुर वेलायत सेवा समाजले भोजपुर भोट्टेपसलका आगलागि पिडित लाई रहात रकम वितरण गरेको छ । समाजले सोमवार भोजपुर सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी रकम वितरण गरेको हो ।

समाजका भोजपुर जिल्ला समन्वय समितिका अध्यक्ष नरहरी राईको अध्यक्षतामा सम्पन्न रहात वितरण कार्यक्रममा पुर्व सभासद् तथा नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य सुदन किराती प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि किराती, आदीवासी जनजाति महासंघ जिल्ला समन्वय समिति भोजपुरका अध्यक्ष चक्रप्रसाद राई तथा भोजपुर बेलायत सेवा समाज भोजपुरका अध्यक्ष नरहरी राईले पिडितहरुलाई रकम वितरण गर्नुभएको थियो ।

 भोजपुर जिल्लामा जन्मिएर बेलायत सेनामा भर्ती भई हाल बेलायतमा बसोबास गरी रहेका भोजपुरेहरु बाट संकलित तीन लाख ८० हजार रकम  आगलागि परिवारलाई वितरण वितरण गरीएको हो ।

राहात वितरण कार्यक्रममा समाजका बेलायत स्थित अध्यक्ष देवेन्द्र राईले जिल्लामा हुने विकास निर्माण तथा विपदका बेला सहयोग गर्न आफुहरु सधै तत्पर रहेको बताउनु भयो  । गत मंशिर ५ गते भोजपुर सदरमुकामको भोट्टेपसलमा आगलागि हुँदा ८ घर जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News