बलात्कार आरोपमा प्रअ पक्राउ



बैतडी, माघ १७

सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो ।

अभियुक्त चन्दले यही माघ १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले आज उनलाई पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News