वरिष्ठ गीतकार खरेल सम्मानित


 


काठमाडौँ, माघ १७

वरिष्ठ गीतकार किरण खरेललाई यस वर्षको माधव घिमिरे गीत पुरस्कारबाट सम्मान गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले उहाँलाई सो पुरस्कारबाट सम्मान गर्नुभयो ।

पुरस्कारको राशि रु २१ हजार छ । सो अवसरमा राष्ट्रकवि घिमिरेले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबैको एकतावाट नै देश समृद्ध हुने बताउँदै विभिन्न भाषाभाषीको साहित्यले मुलुकको गौरव र प्रतिष्ठा बढाएको छ भन्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, समाजका उपाध्यक्ष रामबाबु सुवेदी, र सम्मानित व्यक्तित्व खरेललगायतले नेपालको कला र साहित्यका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्