दुर्घटनामा ११ विद्यार्थी घाइते


 


सल्यान,  माघ १८

राप्ती राजमार्गको दाङ सल्यान सडकखण्ड अन्तर्गत कपुरकोट नजिकै बस दुर्घटना हुँदा ११ विद्यार्थी घाइते भएका छन । लुम्बिनीबाट सल्यान आउँदै गरेको ना ४ ख ७६४६ नं. बस बिहान करिब ४ बजे धनवाङ ७ खुना भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । निराजन माध्यमिक विद्यालय सिद्धेश्वरी ढोरचौरका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लिएर गएको बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्