भोजपुरका अग्नी पीडितलाई अमेरिकाबाट ८ लाख सहयोग



भोजपुर, माघ १८

भोजपुरका अग्नी पिडितलाई पछिल्लो समय सहयोग बढ्दै गएको छ । अमेरिका समाजले पठाएको ८ लाख र भोजपुरे सेवा समाज काठमाण्डौले पठाएको १ लाख मंगलबार मात्र अग्नी पीडितलाई वितरण गरिएको छ ।

याे रकम भाेजपुरे सेवा समाज काठमाडाैंका अध्यक्ष पासाङ दाेर्ची शेर्पाले हस्तान्तरण गरेका हुन् । भोजपुर सदरमुकामकाे भोटे पसलमा गत मंसिर ५ गते भएको आगलागीमा परी  पीडितहरुका लागि भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले पीडितहरुलाई जनाही एक–एक लाख गरी जम्मा ८ लाख र अग्नी नियन्त्रण सामग्री खरिद गरी सार्वजनिक स्थलहरुमा वितरण गर्न नगद एक लाख उद्याेग बाणिज्य संघ भोजपुरका अध्यक्ष डम्वर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

राहात रकम भोजपुरमा जन्मेर अमेरिकामा बस्दै अाएका भाेजपुरेहरूले ८ लाख र काठमाण्डौमा बस्दै अाएका भाेजपुरेहरूले एक लाख नगद उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति: १८ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्