एउटै कुकुरको मूल्य साढे ११ करोड !



एउटा कुकुरको मूल्य कति पर्छ होला ? तपाई हजार होइन, लाखको हाराहारीमा सोच्दै हुनुहुन्छ भने पनि त्यो गलत सावित हुनेछ ।आयरल्याण्डका एक शिकारी कुकुरको मूल्य १० लाख यूरो अर्थात साढे ११ करोड ६३ रुपैयाँ रहेको बीबीसीले जनाएकाे छ ।

क्लेयर्स राकेट नामक यो शिकारी कुकुर चोरी भएपछि यो प्रसंग बाहिर आएको हो । टपरेरी काउन्टीको गोल्डन नामक ठाउँबाट आफ्नो प्रशिक्षक सँगै रहेको कुकुर चोरी भएको हो ।

कुकुर फेला पार्नेलाई ५४ हजार यूरो पुरस्कार घोषणा गरिएको थियो । प्रहरीले क्लेयर्स रान्केट नामक त्यो कुकुरको चोरीमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार कुकुरलाई भने सुरक्षित र सकुशल अवस्थामा फेला पारिएको छ । शिकारी कुकुरका विषयमा जानकार इयन फाच्र्युनले राकेट ग्रेहाउण्ड रेसिङमा सुपरस्टार मानिन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News