म्याद गुज्रिएका सामान नष्ट



भाेजपुर, माघ २०

भोजपुर सदरमुकामको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनमा फेला परेका म्याद गुज्रिएका विभिन्न खाद्यपदार्थहरु नष्ट गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा ८ हजार ४ सय मुल्य बरावरको सामान नष्ट गरिएको हो । नष्ट गरीएको वस्तुहरुमा विस्कुट,चाउचाउ मिनिरल वाटर, मसला, पेपसी फेन्टा लगायतका पिए पदार्थ रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले बताउनु

भयो । कतिपय अवस्थामा डिलरवाट सामान ल्याउँदा जिल्लाका व्यापारीहरुले वस्तुको म्याद नहेरी ल्याउने गरेकाले उपभोत्तहरुले म्याद गुज्रिएको वस्तु उपभोग गर्न वाध्य भएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News