बुबाआमाको स्मृतिमा अक्षयकोष स्थापना



दमक, माघ २०

आफ्ना दिवङ्गत पितृको स्मृतिमा झापाको गौरादह–१ स्थित मोति माध्यमिक विद्यालयमा एकजना दाताले अक्षयकोषको स्थापना गर्नुभएको छ ।

विद्यालयका पूर्वप्रधानाध्यापक धनपति दङ्गालले आफ्ना पिता विष्णुलाल र माता छलमायाको स्मृतिमा रु दुईलाख एकहजार एकसय ११ राशिको कोष स्थापना गर्नुभएको हो । दाता दङ्गालले बुधबार सरस्वती पूजाको अवसर पारेर विद्यालयमा उक्त कोष राख्नुभयो ।

चार दशक लामो शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका दङ्गालले कोषबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने बताउनुभयो ।

सो कोषबाट प्रत्येक वर्ष जेहेन्दार र उत्कृष्ट अङ्क ल्याउने चारजना छात्रछात्रासँगै दुईजना शिक्षकलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । दङ्गाल परिवारले यसअघि विद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News