अपहरण मुद्दाका मियाँ पक्राउ



राजविराज, माघ २२

अपहरण तथा शरीर बन्धकको आरोपित फरार एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई आज पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।

मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ ।

अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

पक्राउ परेका मियाँ विरुद्ध अनुसन्धान कार्य भइरेहेको र फरार अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक लोहनीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News