साफ फाइनल : नेपाल र बङ्गलादेशको पहिलो हाफ गोलरहित बराबरीमा सकियो


 


काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । अमिशा कार्कीको प्रहार क्रसबारमा लागेर फर्किएको हो ।

यसअघि खेल सुरु भएको दोस्रो मिनेटमै बङ्गलादेशका कप्तान सविना खातुनको प्रहार पोलमा लागेर फर्किएको थियो । बङ्गलादेशका मोनिका चक्माले ३३ औँ मिनेटमा डिबक्स छेउबाट गर्नुभएको फ्रिकिक प्रहार बाहिर गएको थियो। नेपालले केही महत्त्वपूर्ण अवसर पाए पनि गोल गर्न नसकेको हो । बङ्गलादेशको केही प्रहार नेपाली गोलरक्षकले बचाउ गर्नुभयो ।

नेपालले आज अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी ९साम्बा० मात्र राखेर खेलेको छ । २०औँ मिनेटमा नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड पाउनुभयो । २०औँ मिनेटमा विपक्षी खेलाडीमाथि फल हानेपछि नेपालकी अमृता जैसीलाई पहिलो पहेँलो कार्ड देखाइएको थियो । नेपालले पहिलो हाफमा अग्रपंक्तिमा एउटा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) मात्र राखेर खेलेको छ । बङ्गलादेश साबिक विजेता हो । यस अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३(१ गोलले पराजित भएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्