परिवारले नदिएपछि दयाहाङले भगाए केकी (भिडियो)



समिक्षक, पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशन रहेको फिल्म ’घामपानी’ को पहिलो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक लोक आधुनिक जनराको गीतले फिल्मको थिम बोल्छ ।

अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा फरक फरक जातिय समुदायका दयाहाङ र केकीको प्रेम छताछुल्ल छ । जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ ।

’पन्छी’ बोलको उक्त गीतमा शब्द संगीत र स्वर कालिप्रसाद बाँस्कोटाको छ । कोरियोग्राफी केकीले नै गरेकी छिन् । यसैबीच फिल्म बैशाखको अन्तिम साता प्रदर्शनमा आउने चर्चाका बीच अब बैशाख १ मा नै प्रदर्शन हुने पक्का भएको छ ।

सार्वजनिक गीतमा निर्माण टिमले ’घामपानी’ प्रदर्शन मिति नयाँ वर्ष २०७४ को पहिलो दिनलाइ नै जोडेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News