अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन रार्इकाे निधन



खोटाङ, माघ २७

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ ।

काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ ।

दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौँस्थित न्युरो अस्पताल पु¥याएर सघन उपचार कक्षमा भर्ना गरिएको थियो । न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँकै ट्रमा सेन्टर पु¥याइएको थियो ।

करिब एक दशकदेखि एमाले निकट विद्यार्थी सङ्गठनमा क्रियाशील राई सङ्गठनको माथिल्लो सगरमाथा प्रमुख समेत थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News