ब्लड क्यान्सर पीडित बच्चालाई अार्थिक सहयोग प्रदान



चितवन, माघ २७

ब्लड क्यान्सरले पीडित बनेका एक बालकलार्इ अार्थिक सहयाेग प्रदान गरिएकाे छ । भाेजपुर नगरपालिका वडा नं. ११ का बिबेक आचार्यलार्इ एक लाख ४५ हजार अार्थिक सहयाेग प्रदान गरिएकाे हाे ।

पीडित बिबेक आचार्य (खत्री ) बचाऊँ अभियान“ मार्फत दक्षिण कोरियामा कार्यरत भोजपुर होम्ताङका भुपाल थापाको पहलमा संकलित उक्त रकम  हाेम्ताङ सेवा समाज काठमाडाैंका सचिव, संगीतकार तथा समाजसेवी मनाेज साङसाेन रार्इले पीडित उपचाररत अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन पुगेर हस्तान्तरण गरेका हुन् ।

कक्षा ३ मा अध्ययनरत विवेक विगत तीन महिनादेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार निरन्तर तीन वर्ष उचित निगरानीका साथ उपचार गराइरहे बिरामी पूर्ण रूपमा स्वास्थ्य हुने बताएका छन् ।

सोही अनुरूप बिरामीको बुवाआमा उपचारमा खटिएका छन् भने  उपचार लामो समयसम्म गर्नुपर्ने भएकोले आवश्यक खर्चको लागि सहयाेगी मनहरूलार्इ विनम्र अनुराेध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News