मलेसियामा एक नेपालीको मृत्यु


 


राजविराज, माघ २८

वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ । बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए ।

मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए । उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ ।

यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदी अरेबियामा मृत्यु भएको थियो । दुबै मृतकका परिवारले शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्