कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं, मंसिर १८ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ ९३ र बिक्रीदर १७२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार