फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह-प्रायोजक
काठमाडौँ, ४ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिफा विश्वकप २०२६ को नेपाल प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकका रूपमा आबद्ध भएको छ।
यस सहकार्यअन्तर्गत विश्वकपका खेलहरू हिमालय स्पोर्ट्स टिभी र डिजिओ एपमार्फत प्रसारण गरिने जनाइएको छ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै लोकप्रिय खेल महोत्सव फिफा विश्वकपसँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताए। उनले खेलकुदले विश्वभरका मानिसलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नेपाल लाइफले यस सहकार्यमार्फत आफ्नो ब्रान्डलाई देशभरका खेलप्रेमीसँग थप सशक्त रूपमा जोड्ने अपेक्षा गरेको जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












