सुनको मूल्य १ हजारले बढ्‌यो


 


काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ ।

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्