एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त
काठमाडौँ २० मङ्सिर । एनएमबि बैंकलाई २०२४ को यूएन वूमन एशिया–प्यासिफिक डब्लुइपिएस अवार्ड अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै यो विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो ।
यूएन वूमन र यूएन ग्लोवल कम्प्याक्टद्वारा कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको छ ।
यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुइपिएस अन्तर्गतको यूएन वूमन द्वारा मान्यता प्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया–प्यासिफिक देशका ६ सयभन्दा बढी आवेदक संस्थाहरू मध्यबाट यो विशेष अवार्ड बैंकलाई प्रदान गरेको हो ।
प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार