लक्ष्मी सनराइज बैंकको ठिजिटल डिसेम्बर अभियान सुरु
काठमाडौँ २० मङ्सिर । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण ( डिजिटल डिसेम्बर २०२४ अभियान सुरु भएकॊ छ ।
‘सहजता को नयाँ परिभाषा उपहारसँगै’ नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैँकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्ने छ ।
यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउनका निम्ती सरलीकृत कर दाखिला, सहज बिजुली बिल भुक्तानी, क्रेडिट कार्डमा विशेष अफर, आज किनौं, भोली तिरौं, अन्तर(बोर्डर भुक्तानी सेवालगायतका सुविधाहरु प्रदान गरेको छ ।
जस अन्र्तगत डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो स्थायी लेखा नम्बर वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् ।
मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस(कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस(कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।
तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३०,००० रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।
लक्ष्मी सनराइज बैंकका क्युआर सेवाग्राही व्यवसायीहरु फोन पे ले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार