पर्यटन सुन्दरीहरुको ट्यालेण्ट सो भेडेटारमा


 


ग्राण्ड फिनाले फागुन १५ मा हुने

धरान, फागुन १२

नेपाली कला संस्कार संस्कृती, भेषभूषा र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको मिस टुरीजम नेपाल सिजन २ का १५ प्रनिष्पर्धीले गत ९ गते सोमबरका दिन पूर्वाञ्चलको सुन्दर पर्यटकीय क्षेत्र भेडेटारको होटल भेडेटार भ्यूको सभाहलमा खुलेरै आफनो प्रतिभा प्रदर्शन गरे ।

साहारा ग्रुप इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजना एवं होटल एसोसिएसन भेडेटारको स्थानीय ब्यबस्थापन र बराह ज्वेलरी धरान साखाको सहयोगमा उक्त कार्यक्रम सम्पन भएको हो ।

उक्त कार्यक्रममा सुदुर पूर्व इलामका प्रतिष्पर्धी ऋचा भण्डारी, झापाका सोयाश्री बज्रचार्य, कोशी हरैचाका रविना खवास, बिराटनगरका आस्मा डाहाल, इटहरीका दिपा बन, धनकुटाका एलिसा बस्टोला, धरानका मेघा रसाइँली, आस्मा शाक्यले आकार्शक नृत्य प्रस्तुत गरे भने भोजपुरका प्रतिष्पर्धी अनु राई र बेलबारीका स्नेह बनले सुन्दर गीत प्रस्तुत गरे, त्यसै गरी भोजपुरका अर्का प्रतिष्पर्धी आइसा मगर र धरानका शुभेक्षा श्रेष्ठले गजलका सुन्दर सेयरहरु प्रस्तुत गरेका थिए, त्यसै गरी खोटाङका बन्दना राईले बर्तमान राजनैतिक अस्थिरताका कारण पर्यटनमा भएको प्रभाव बारे बक्तब्य प्रस्तुत गरे ।

त्यसै गरी धनकुटाका प्रतिष्पर्धी सरीता राईले आपूm कराते खेलका राष्ट्रिय खेलाडी समेत रहेको बताउदै ब्लाक बेल्ट तहमा देखाईने काँटा प्रदर्शन गरे ।

यस ट्यालेण्ट राउण्डका लागि निर्णायकहरु क्रमश ः इमेज च्यानलका पूर्व कार्यक्रम उत्पादक एवं प्रस्तोता रिजन थापा, गरीमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणि कुमार लिम्बू र सेन्टरकै कला निर्देशक अञ्जू राई, गायीका एवं समाजसेवी हर्षु राई, होटल तथा पर्यटन ब्याबसायी एवं होटल एसोसियसन भेडेटारका अध्यक्ष लिलाराज लावती र पर्यटन ब्याबसायी तथा गायीका पद्मीनी राई रहेका थिए ।

आगमी फागुन १५ गते सम्पन्न हुने ग्राण्ड फिनालेको लागि नेपालको बिभिन्न क्षेत्रबाट सयौ सुन्दरीहरु मध्ये छनौटको अन्तिम चरणमा १५ जना सुन्दरीहरु छानीएर अहिले धरानमा रहेको किरात राई यायोक्खा सुनसरीको सभाहलमा गत २५ दिन अगाडी देखी बन्द प्रशिक्षण्मा बिभिन्न खाले तालिमहरु लिइरहेका छन् ।

जस मध्ये पूर्वमा रहेको लोकप्रीय एवं सम्भावित पर्यटनका लागि सम्भावित गन्तब्यहरुको अवलोकण भ्रमण गरी यसलाई अध्ययन अनुसन्धान गरी यहाँका सम्भावित गन्तब्यहरुलाई प्रबद्र्धनका लागि कार्यशाला समेत गरीरहेका छन् ।

मिस टुरीजम नेपालको ग्राण्ड फिनालेमा टुरीजमको ताज विजेता सहित जम्मा ११ वटा बिधाको अवार्ड बितरण गरीने छ । साथै विजेताले ताज सहित एउटा स्कुटी, स्वदेश तथा विदेशका विभिन्न लोकप्रिय पर्यटकीय गन्तब्यहरुको अवलोकण, भ्रमण त्यसै गरी म्यूजीक भिडियोमा अभिनय गर्ने अवसर दिइनुका साथै सौर्य एयर लाईन्समा बिमान परिचारीको निःशुल्क तालिम संगै रोजगारको अवसर दिइने छ ।

त्यसै गरी फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमशः ताज संगै रु. ३५ हजार नगद पुरस्कार, पर्यटन सम्बन्धि टेलिभिजनमा कार्यक्रम प्रस्तोताको अवसर दिइनुका साथै म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने छ । सौर्य एयर लाईन्समा रोजगारीको अवसर सहित स्वदेश तथा विदेशका विभिन्न लोकप्रिय पर्यटकीय गन्तब्यहरुको अवलोकण, भ्रमण गराइने छ ।

त्यसै गरी सेकेण्ड रनर अपको ताज संगै नगद रु. २५ हजार, स्वदेश तथा विदेशको पर्यटकीय गन्तब्यहरुको अवलोकण, भ्रमण गराइने संस्थाका अध्यक्ष एवं इभेन्ट डाइरेक्टर श्री हिन्दुहाङ सोरोङले जानकारी गराए ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्