गत वर्षको तुलनामा बढ्यो चिया निर्यात


 


काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब रुपैयाँभन्दा बढीको चिया निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्म ३ अर्ब १६ करोड ७ ० लाख ३ हजार रुपैयाँ बराबरको ११३२६.३६ मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गत वर्ष यसै अवधिमा २ अर्ब १४ करोड ९१ लाख ५८ हजार रुपैयाँ बराबरको ८५१६.७० मेट्रिक टन चिया निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा चालु वर्षमा १ अर्ब १ करोड ७८ लाख ४५ हजार रुपैयाँ बराबर बढिले चिया निर्यात मूल्य वृद्धि भएको छ । यस्तै २८०९.६६ मेट्रिक टनले निर्यात परिमाण पनि बढेको छ ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्