गैरआवासीय नेपाली नागरिकले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउँछन् : देउवा


 


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । 
मंगलबार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरे । 

Tata
RATOPATI PATRO
Ratopati Games

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएको अध्यक्ष डा केसीले बताए । 

Laxmi sunrise bank 2034

जवाफमा देउवाले गैरआवासीय नेपाली नागरिकले संविधानले दिएका अधिकार प्रयोग गर्न  पाउने बताए । 
 केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने देउवाले प्रतिबद्धता व्यक्त गरे । उनले भने,  ‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भएपनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।ʼ

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्