सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार भने चाँदी तोलामा चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्