एमाले अछाममा पहिरो, भीम रावलतिर नेता कार्यकर्ताको ओइरो
अछाम । नेकपा एमाले अछामका १ हजार ८६ जनाले भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै पार्टी छाडेका छन्।
अछामका १ हजार ८६ जनाले आफुहरु रावलको मातृभूमि जागरण अभियानमा लागेको पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन्।
१ हजार ८६ मध्ये पाँच जनाबाहेक सबै एमालेका छन्।
भीम रावलको अभियानलाई समर्थन गर्नेमा अछामबाट प्रतिनिधित्व गर्दै प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका सात जना, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य पाँच जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एक जना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीन जना, जिल्ला सल्लाहकार सदस्य १३ जना रहेको बताइएको छ ।
यस्तै, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष तथा पदाधिकारी २२ जना, संगठित सदस्यहरू ६ सय ३७ जना र अन्य एमाले कार्यकर्तासहित १ हजार ८६ जना रहेका छन् ।
प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार












