अमेरिकामा सेनाको हेलिकोप्टरसँग विमान ठोक्कियो
काठमाडौं । अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ ।
वासिङगटन नजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा राति ९ बजे उक्त दुर्घटना भएको एपीले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, विमानमा ६० यात्रु सवार थिए । ठोक्किएसँगै विमान र हेलिकोप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन ।
उक्त विमानस्थलका सबै उडान तत्कालका निम्ति बन्द गरिएको छ ।
प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार
















