कति छ आज बजारमा सुनचाँदीको मूल्य ?



काठमाडौं, माघ २० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

सुन आज पनि प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने आज सामान्य घटेको छ ।

चाँदी आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्