आज नेपाल आइपुग्दै बेलायतका राजकुमार दम्पती

काठमाडौं । बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा आज नेपाल आउँदै छन् ।
राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि आउन लागेका हुन् ।
काठमाडौंस्थित बेलायती दूतावासका अनुसार राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन्। उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन्। यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन् ।
राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।
काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन्।
पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन्। उनीहरु आगामी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले जनाएको छ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार