जित्नैपर्ने खेलमा थाइल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल


 


काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौंथो खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाले पहिले बलिङको निम्तो पाएको हो ।

नेपालले आज युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू गराएको छ। चोटका कारण कविता कुँवर टिमबाट बाहिर भएपछि उनको ठाउँमा शृंखलाकै लागि रचना कुमारी चौधरी टिममा आएकी थिइन् ।
रचनाले नेपालको यू-१९ टोलीबाट महिला विश्‍वकप खेलेकी थिइन् । त्यसैगरी आज सिता राना मगर पनि बाहिर छिन् ।

उनको ठाउँमा रोमा थापा टिममा आएकी छन्। उनी शृंखलामा पहिलोपटक खेल्दै छन्।

नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको थियो । आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्