नेपाल आइपुगे बेलायतका राजकुमार एडवार्ड

काठमाडौं । बेलायतका राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्।
एडवार्ड केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौं आइपुगेका हुन्।
उनी आइतबार भारतको मुम्बई ओर्लिएका थिए । एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चार्ल्स तृतीयका भाइ हुन्।
दुई दिने भारत भ्रमण सकेपछि उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतकुमार राईलगायतले स्वागत गरेका थिए ।
आजै उनकी पत्नी एडिनबर्गकी डचेस सोफी लन्डनबाटै सिधै काठमाडौं आइपुगेकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राजकुमार एडवार्ड दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार