नेदरल्यान्ड्ससँग नेपाल १० विकेटले पराजित


 


काठमाडौं । त्रिकोणात्मक महिला टि-२० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ ।

नेदरल्यान्ड्सका स्टेर कालिस र फेब मोलकेनबोइरले शतकीय साझेदारी गरेपछि नेपाल १० विकेटले पराजित भएको हो।

कालिस र मोलकेनबोइरको सानदार ब्याटिङमा नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ४६ रनको लक्ष्य २ बल अगाडि १ सय ५१ रन बनाउँदै पूरा गरेको थियो ।

महिला टी २० अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि नेदरल्यान्ड्सको यो सबैभन्दा ठूलो साझेदारी हो । कालिस र डेनिस भान डेभेन्टरले २०१९ मा जर्मनीविरुद्ध १ सय ४४ रनको साझेदारी गरेका थिए।

कालिस ९८ र मोलकेनबोइर ४८ रन बनाउँदै पूरा गर्‍यो । विजयी छक्का प्रहार गरेकी कालिसले ६९ बल बनाउँदै कुल ११ चौका र २ छक्का प्रहार गरिन् । मोलकेनबोइरले ४९ बल खेली ४ चौका प्रहार गरिन् ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्