पाथिभरा केबलकार जोडेर ग्लोबल आइएमई बैंकमाथिको आक्रमण गलत : राष्ट्र बैंक
काठमाडौं, माघ २४ । नेपाल राष्ट्र बैंकले पाथिभरा केबलकार निर्माणको विषयलाई जोडेर ग्लोबल आइएमई बैंकमाथि भएको आक्रमण गलत भएको बताएको छ ।
राष्ट्र बैंकका बैंक तथा बित्तिय संस्था नियमन विभागमा विभागीय प्रमुख गुरु प्रसाद पौडेलले पाथिभरा केबलकार निर्माणको बिषयलाई जोडेर बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका हुन् ।
उनले बैंकमाथि गरिएको प्रहार गलत भएको भन्दै कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक–ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गÞलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो ।’
पछिल्लो समय ताप्लेजुङको फुङलिङ नगरपालिका स्थित काफ्लेपाटीदेखी पाथीभरा मन्दिर छेउसम्म निर्माणाधीन केबलकारको विषयसंग जोडेर ग्लोबल आइएमई बैंकमाथि आक्रमण गर्न खोजिएको छ ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार












