नाइजेरियाको छात्रावासमा आगलागी हुँदा १७ जना बालबालिकाको मृत्यु



काठमाडौं, माघ २४ । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा आगालागी हुँदा कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ ।

कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले राज्यको कौरा–नमोदा क्षेत्रमा रहेको सिकाइ केन्द्र मकरन्त मल्लम घलीमा विद्यार्थी सुतिरहेका बेला आगलागी भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।

प्रत्यक्षदर्शीहरूले आगो तीन घण्टा भन्दा बढी समयसम्म चलेको र स्थानीय विद्यालयका अधिकारीहरूले सुरुमा घटनाको समयमा करिब १०० विद्यार्थीलाई बाहिर निकालेका थिए ।

मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले लगाएको बताइएको छ । यसबारे थप छानबिन भइरहेको छ ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्