माओवादी अध्यक्ष प्रचण्डले संसदमा खोजे प्रधानमन्त्री



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन्।

संसद बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि अध्यक्ष प्रचण्डले उनको खोजी गरेका हुन्। उनले सम्बोधन गर्नका लागि झण्डै एक साताअघि नै संसद् सचिवालयमा नाम टिपाएका थिए ।

प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ । मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ । सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ । तर, अहिलेसम्म आउनुभएको छैन।’

अध्यक्ष प्रचण्डले सम्बोधन गर्दागर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठककक्षमा पुगेका छन् ।

उनले देउवालाई ढिलै भएपनि बैठकमा पुगेकोमा धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्