ओलीलाई प्रचण्डको कटाक्ष – देउवाका कान तगडा छन्, दिनैपिच्छे सत्ता सुम्पिन्छु नभन्नू
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार असंवैधानिक र अपारदर्शी भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।
अध्यक्ष प्रचण्डले भने,‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो, ढलेँ, ढलेँ, ढलेँ । तपाईंहरूसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु । भनेको भन्दा ७ दिनअघि छाड्छु भन्नुपर्छ त रु तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुपर्ने । के शेरबहादुरजीले सुन्नु हुन्न र रु’
उनले कांग्रेस सभापति शेरबहादुर देउवाका कान र आँखा तगडा भएको भन्दै सरकारबारे धेरै भनिरहन नपर्ने बताए ।
प्रचण्डले भने,‘शेरबहादुरजीको कान र आँखा तगडा छन्। धेरै पटक भन्न पर्दैन । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु।’
उनले ०८४ पछि पनि सँगसँगै अघि बढ्न कांग्रेस–एमालेलाई शुभकामना पनि दिए ।
प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार
















