सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ स् प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त आरोप लगाएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ ।’

उनले सरकारले भ्रष्टाचार आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारेकोमा आपत्ति जनाए।

सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो भनेरसमेत प्रचण्डले सरकारलाई प्रश्न गरे ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्