किन डराए सलमान खान ?


 


काठमाडौं, फागुन १७

अभिनेता सलमान खानले भने आफ्नो आगामी फिल्म ‘ट्युबलाइट’को प्रचारलाई लिएर बहुबलीको क्रेज सामु डराएका छन् । खबरअनुसार, सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’को प्रचार ‘बाहुबली–२’को रिलिजपछि मात्रै गर्ने योजना बनाएका छन् । किनकि त्यसअघि फिल्म प्रचार गर्दा खास असर नपर्ने कुरा सलमानले बुझिसकेका छन् ।

यसको अर्थ सलमानले ‘बाहुबली–२’का लागि पुरा मैदान खाली गर्ने भएका छन् । एसएस राजामौलीद्धारा निर्देशित फिल्म ‘बाहुबली’ले धमाकेदार व्यापार र प्रसंशा कमाएको थियो भने यसको दोस्रो भाग आगामी एप्रिल २८ मा रिलिज हुँदैछ । यस फिल्मको दर्शक भारतमा मात्रै नभएर विश्वभर छन् । यस्तो अवस्थामा सलमान बाहुबली–२को क्रेज कम नभएसम्म प्रोमो वा प्रचार केही नगर्ने सोचमा छन् । सलमानको ‘ट्युबलाइट’ २३ जुन अर्थात् ईदको अवसरमा रिलिज हुने छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्