मानिसहरु मलाई हेरुन् र मसँगै हासुन्- आलिया



काठमाडौं, फागुन १७

बलिउड नायिका आलिया भट्टको करिअर अहिले चम्किएको छ । एकपछि अर्को सफल चलचित्र र अवार्डले उनको झोली भरिएको छ । उनै, आलिया अभिनित चलचित्र ‘बदि्रनाथकी दुल्हनिया’ मार्च १० तारिखबाट रिलिज हुँदैछ । आलिया अहिले यो चलचित्रको प्रचारमा व्यस्त छिन् ।

आलियाका अनुसार उनलाई सानैबाट कमेडी कलाकार बन्ने रहर थियो । आलिया भन्छिन्-‘मलाई सानैदेखि हाँस्य कलाकार बन्न मन लागेको थियो । म चाहन्थे कि, मानिसहरु मलाई हेरुन् र मसँगै हासुन् ।’ आलियाका अनुसार, उनी निकै विन्दास यूवती हुन् । उनलाई हाँसो, मजाक खुबै मनपर्छ ।

आफूले चलचित्रमा पनि आफ्नो यो विन्दास छवि ल्याउन चाहेको उनको भनाई छ । धर्म प्रोडक्शनको निर्माणमा बनेको यो चलचित्रमा आलिया र वरुण धवनले पर्दा शेयर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News