आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

आज सोमबारको तुलनामा ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज एक लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ।

सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्