अनलाइन जुवाको अखडाबाट २३ भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुढानिलकण्ठ नगरपालिका ३ गैरीगाउँस्थित दोर्जे शेर्पाको घरमा छापा मारी उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा भारतको बिहार, युपी र छत्तीसगढ राज्यका नागरिकहरु रहेका छन्।
प्रहरीले उनीहरुलाई सट्टाबाजी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीलाई गोप्य सूचनाको आधारमा बुढानिलकण्ठको एक घरमा अनलाइन जुवा खेलाइरहेको सूचना पाएको थियो।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त टोलीले दोर्जे शेर्पाको घरमा छापा मारेको थियो।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















