कस्तो छ ‘लुट–२’को व्यापार ?



काठमाण्डौ, फागुन १८
गत शुक्रबार रिलिज भएको सिनेमा ‘लुट–२’ ले बक्स अफिसमा तहल्का नै मच्चाएको छ । निश्चल बस्नेतको निर्देशन माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण रहेको ‘लुट–२’ ले रिलिज भएको चार दिनमा झण्डै साढे पाँच करोडको ग्रस कलेक्शन गरेको छ ।

सिनेमाको व्यापार यहि गतिमा अघि बढ्दै गयो भने छक्का पञ्जाको किर्तिमानी पनि तोड्ने सम्भावना देखिन्छ । शिव रात्रीको दिन पारेर रिलिज भएको सिनेमाले पहिलो दिन १ करोड ५२ लाख दोस्रो दिन १ करोड ६६ लाख तेस्रो दिन ७३ लाख र चौथौँ दिन सोमबार काठमाण्डौमा एक करोड माथि र काठमाण्डौ बाहिर २५ लाखको कारोबार गरेको जानकारी प्राप्त भएको छ ।

यस हिसाबले सिनेमाले चार दिनमा झण्डै साढे पाँच करोडको कारोबार गरेको छ । सिनेमामा अभिनेता दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News