दिपिका-रणवीर ब्रेकअप !



काठमाण्डौ, फागुन १८

‘एक्सएक्सएक्स: रिटर्न अफ ज्याडर केज’ सन् २०१७ को हिट फिल्म भएपछि दिपिका पादुकोणले ग्लोबल स्टेजमा आफ्नो छाप छोडेकी छिन्।

एक कार्यक्रममा सहभागी यिनै नायिकालाई रणवीर सिंहसंगको सम्बन्धलाई लिएर प्रश्न माथी प्रश्न गरिएपछि दिपिकाले असजिलो जवाफ दिएकी छिन्।

रणवीरसंगको ब्रेकअपको कुरा के हो भन्दै सोधिएको प्रश्नमा दिपिकाले न हो भनिन न हैन नै। ‘तपाईले जे सुन्न चाहनुहुन्छ म त्यही भन्छु’, दिपिकाको जवाफ थियो।

एक अर्कै अन्तर्वार्ताको क्रममा भने उनले हलिउडमा व्यस्त भएपछि आफ्नो साथीहरु र परिवारलाई समय दिन नसकेको बताएकी थिइन। रोमान्सलाई अहिले समय नभएको दिपिकाले बताएकी थिइन। यसबारेमा रणवीरले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

हालै शाहिद कपुरको जन्मदिनको अवसरमा राखिएको पार्टीमा यी दुवै सहभागी भएपनि संगै नदेखिएको चर्चा भारतीय मिडियामा छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News