पाकिस्तानमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।
मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।
दुर्घटनास्थलमा उद्धार टोली तुरुन्तै पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगियो । लेयाह जिल्लामा एक ट्रकसँग ठोक्किएर ट्र्याक्टर ट्रली पल्टिँदा तीन दाजुभाइसहित चार जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सडक दुर्घटनाहरू पाकिस्तानमा चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षहरूमा सडक दुर्घटनाहरू उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार
















