कांग्रेस महामन्त्री थापाले गरे महाकुम्भमा गङ्गास्नान
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकुम्भमा स्नान गरेका छन्।
भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा महामन्त्री थापाले परिवारसहित स्नान गरेका हुन् ।
महामन्त्री थापाले सामाजिक संञ्जालमा लेखेका छन्, ‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागराजस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो।’
विश्वको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम भारतको सामूहिक भावनाको उदाहरण हो। भारत र विदेशबाट ५० करोड भन्दा बढी मानिसहरूले महाकुम्भको भ्रमण गरेका छन्।
प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार
















