कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु



बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ।

कुम्भमेलामा स्नान गरी फर्किँदै गरेका उनीहरूको सवारी दुर्घटनामा परी मृत्यु भएको हो।

तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका -९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गंगा शर्मा रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कुम्भ मेलाबाट फर्किदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको थियो ।

गाडी चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा परी चालकसहित पाँच जना घाइते भएका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्