हिटलरका पेन्टिङ करोडमा बिक्री


 


एजेन्सी, जर्मन

असार ८hitlar

नाशाह नेताका रुपमा चिनिने हिटलरका पेन्टिङ करोडौं रुपियाँमा बिक्री भएको छ। उनले बनाएका पेन्टिङहरु हालै लिलाम गरिएको थियो।

जसअनुसार ती पेन्टिङहरु ४० लाख युरो अर्थात् चार करोडभन्दा बढी नेपाली रुपैयाँमा बिक्री भएको छ।

यीमध्ये एउटा पेन्टिङ एक करोड बढीमा बिक्री भएको छ। उक्त पेन्टिङलाई एक चिनियाले एक लाख युरोमा किनेका हुन्।
हिटलरका पेन्टिङहरु जर्मनीको न्युरेम्बर्गमा विल्डर नामक संस्थाले लिलाम गरेको थियो।
हिटलरको हस्ताक्षरवाला अर्को पेन्टिङ भने ७२ हजार युरोमा बिक्री भएको थियो। यसअघि १९१४ मा म्युनिख हलमा राखिएको हिटलरको पेन्टिङ करिब सवा करोडमा बिक्री गरिएको थियो।
नागरिकन्युज

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्