प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी



काठमाडौं । भारतको (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी गरिएको छ ।

शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न पक्षसँग समन्वय भइरहेको हो । आज साँझसम्म शव ल्याइपुर्‍याउने उनका आफन्तले जनाएका छन् ।

प्रकृतिको शङ्कास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरुसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । यस घटनामा विभिन्न समिति गठन गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्