एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने – वर्तमान सरकार साना पार्टीलाई समाप्त पार्न खोज्दैछ



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकारले साना पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने प्रयास गरिरहेको आरोप लगाए।

अध्यक्ष नेपालले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स-साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ।’

संविधान मिच्ने बानी परिसकेका व्यक्तिहरू कानून मिच्न पनि त्यति नै अग्रसर भएको अध्यक्ष नेपालले बताए ।

सरकार संसदनको नियमदेखि विधिलाई नमान्ने, कसैले आलोचना गर्छ भने तीनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेको अध्यक्ष नेपालको भनाई छ। उनले सरकारलाई देश र जनताको समस्याप्रति कुनै चिन्ता नभएको जिकिर गरे।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्