एभरेष्ट बैंक लिमिटेडको फिदिम र फुङ्लिङ्ग शाखा उद्घाटन
फागुन ९, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामाका फिदिम र फुङ्लिङ्गमा शाखा कार्यालय उद्घाट गरेको छ ।
बैंकले फागुन ८ गते फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गते फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्धघाटन गरेको हो । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ । एभरेष्ट बैंकका शाखाको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन् ।
प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार
















