यस कारण सनी लियोनीका दुई बिज्ञापन विवादमा



काठमाडौं, फागुन १९
सनी लियोनीले काम गरेको कण्डम र गर्भनिरोध गोलीको बिज्ञापन विवादमा परेका छन् । गोवाको एक महिला संगठन हिन्दु जनजागृती समतिको महिला शाखा रणरागीनीले सनीको कण्डम र गर्भ निरोधको पोस्टर हटाउनु पर्ने माग राखेको छ ।

सार्वजनिक स्थानमा राखिएका यस्ता पोस्टरहरुले महिलालाई एक वस्तु देखाएको र समाजमा महिलााई लज्जित बनाएको भन्दै बिज्ञापनका पोस्टरहरु हटाउन माग गरेको हो । त्यस्तै यस्ता पोस्टरहरुले नराम्रो सन्देश दिने भन्दै उनीहरुले यस्ता बिज्ञापन नबनेकै राम्रो हुने पनि बताएका छन् ।

यस मामिलामा परेको उजुरीमा यस्ता बिज्ञापनहरु सरकारले किन बनाउन दिन्छ रु भन्ने प्रश्न पनि खडा गरिएको छ । यो विषयमा कमिशनकी चियर पर्सन बिद्या सेठले एक्शन लिने प्रतिबद्धता जनाएकी छिन् । उनले यस विषयमा सम्बन्धित पार्टीलाई सूचना दिने र जतिसक्यो छिटो एक्शन लिने बताएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News